निशुल्क दन्त परिक्षणमा १ सय ९५ जनाले सेवा लिए
पाेखरा | असार १, २०८०
पोखरा: लियो क्लब अफ पोखरा नर्थको आयोजनामा कास्कीको माछापुच्छ्रे गा.पा–१, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा बिहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरि १९५ जनाले दंन्त स्वास्थ्य जाँच गराएका थिए । परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ,आर.सि.टि,दात झिक्नुपन, दाँत भर्न पर्ने, समस्याहरु देखिएको र अन्यको दंन्त स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका सि.ई.व प्रतिकमान श्रेष्ठले जानकारी दिए ।
पब्लिक हेल्थ अफिसर आयुशा अधिकारीले दन्त शिविरमा परिक्षण गराएका विरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिने घोषण गरे । सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चाहना पुनले विद्यार्थीको दंन्त स्वास्थ्य परिक्षण सहतिको जनचेतना कार्यक्रम गरि सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गरिन ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

